
छोरीलाई यौन दुब्र्यबहारको आरोपमा गोरखा कमलटारका एक बुवा पक्राउ
दरौंदी : आफ्नै १५ बर्षकी छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पालुङटार नगरपालिका कमलटारका ३५ बर्षिय एक पुरुषलाई पक्राउ गरी बाल यौन दुरुपयोग कसुर मुद्धा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको डिएसपी महेन्द्र नेपालले बताए ।
यस्तै, कुखुराको चल्ला बेच्ने निहुँमा चोरी गरेको आरोपमा प्रहरीले १७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गत मंगलबार राती ठिगुरेस्वाँरामा सुनका गहना तथा नगद चोरी भएको घटनामा संलग्न भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई चोरी सम्बन्धी कसुर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको डिएसपी नेपालले जानकारी दिए ।




