
पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
गोरखाको सिरानचोक गाँउपालिका १ केराबारीमा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु भएको छ ।
सडक खन्ने क्रममा शुक्रबार बिहान पहिरो खसेर एक्साभेटर सहित पुरिएका सिन्धुपाल्चोक घर भएका चालक रमेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
‘पहिरोका कारण एक्साभेटर सडकबाट ४० मिटर तल खसेको रहेछ’ उनले भने ‘जौवारी र धारापानीका प्रहरीले स्थानीय सँग मिलेर उद्धार गरे । चालकको शव निकालिएको छ ।’




