
केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरियो
गोरखाको सिरानचोक गाँउपालिका १ केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरेको छ ।
सडक खन्ने क्रममा शुक्रबार बिहान पहिरो खसेर चालक सहितको एक्साभेटर पुरिएको हो ।
एक्साभेटर सहित सिन्धुपाल्चोक घर भएका चालक रमेश तामाङ पुरिएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । ‘ पहिरोका कारण सडकबाट ४० मिटर तल एक्साभेटर खसेको छ’ उनले भने ‘चालकको हात मात्र देखिएको जानकारी आएको छ । जौवारी र धारापानीका प्रहरीले स्थानीय सँग मिलेर उद्धारको पहल गरिरहेका छन् ।’




