
वर्कसपका सञ्चालक र मजदुरका लागि ट्राफिक सचेतना तालिम
दरौंदी ःगोरखा बजारका वर्कसपका सञ्चालक र मजदुरलाई टूाफिक सचेतना सम्बन्धि प्रशिक्षण दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय, टूाफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा कारखाना तथा वर्कसप सञ्चालन सम्वन्धी टूाफिक सचेतना तथा प्रशिक्षण कार्यक्रम भएको हो ।
समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत भएको कार्यक्रममा वर्कसप सम्बन्धी कानुनी ब्यबस्था, टूाफिक नियम लगायतका विषयमा सहभागीलाई जानकारी गराईएको जिल्ला टूाफिक कार्यालयका प्रमुख शुकबहादुर विकले बताए ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ गोरखाका सचिव नरहरी सापकोटा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




