
दरौंदीमा करेन्ट लगाएर माछा मार्ने पक्राउ
दरौंदी नदिमा करेन्ट लगाएर माछा मार्ने पाचँ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा नगरपालिका १२ को दरौंदी नदिमा सोमबार साझँ छ बजे करेन्ट लगाई माछा मार्दै गरेका पाचँजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
उनिहरुले माछा मार्न प्रयोग गरेको ब्याट्रि र अन्य उपकरण पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको उनको भनाई छ ।




