
गोरखाको पालुङ्टारमा पहिरोमा पुरिएर १३ वटा खसी बाख्रा मरे
घरमाथिको गरा पहिरो झरेर धन्सार पुरेपछि पालुङ्टार नगरपालिका ४ बड्डाँडा, सिमलखर्कमा १३ वटा खसीबाख्रा मरेका छन् । गएराती भएको घटनामा लिलालराज देवकोटाको धन्सारमा रहेका खसी बाख्रा पुरिएर मरेको स्थानीय सरोज देवकोटाले जानकारी दिए ।

घटनामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी र स्थानीयबासीले उद्दार गरिरहेका छन् । टोलीले भैँसी र पाडालाई भने जीवितै उद्दार गरिएको उनले बताए । देवकोटाको आरसीसी गरिएको घरको पछाडिको भाग पनि पुरिएको उनले बताए ।

तस्वीर : सरोज देवकोटा, पालुङ्टार ।




