
राहत चोर्ने र क्षति पु¥याउने पक्राउ
नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाबाट राहत सामाग्री चोरी गर्ने तथा क्षति पु¥याउने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राहत सामाग्री चोरी गर्ने चार र क्षति पु¥याउने पाचँ जना पक्राउ परेका हुन् । रेडक्रसको विरीन्चोकस्थित गोदामबाट गत असार २६ गते त्रिपाल, कम्बल, सरसफाई सामाग्री लगायतका करीब दुई लाख ५० हजार रुपैयाँ बराबरका राहत सामाग्री चोरी गर्ने चार जनालाई पक्राउ परेका हुन् ।
बारा जिल्ला पचरौता नगरपालिका १ घर भई हाल गोरखा नगरपालिका ९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सियाराम माझी र सञ्जय महतोलाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चोरी भएका सामाग्री उनिहरुको कोठाबाट बरामद गरिएको डिएपि महेन्द्र नेपालले जानकारी दिए ।
राहत सामाग्रीमा क्षति पु¥याउने धनमाया थापा मगर, गिता पौडेल, अंकमाया राना मगर, सोमबहादुर राना र लालबहादुर राना पनि पक्राउ परेका उनले बताए । राहत सामाग्रीमा नोक्सानी पु¥याएको भन्दै उनिहरुलाई पक्राउ गरिएको हो ।
चोरीको आरोपममा पक्राउ परेकालाई जिल्ला अदालतबाट र राहत सामाग्रीमा क्षति पु¥याएको आरोपमा पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान भैरहेको डिएपि नेपालले जानकारी दिए ।




