| आइतवार, कार्तिक २२, २०८३

सेण्ट जोसेफ गोरखाका विद्यार्थी कुट्ने शिक्षिकालाई कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

 

राष्ट्रिय मानव अधिकार आयोगले विद्यार्थी कुटेर घाइते बनाउने शिक्षिकालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिएको छ ।

गत असार ९ गते गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले कुटेर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको आयोगको पोखरास्थित कार्यालयले जनाएको छ ।
घटनाको सन्दर्भमा मानव अधिकार अनुसन्धान कार्यमा सहयोग गर्न आयोगकी मानव अधिकार अधिकृत सरु श्रेष्ठले प्रशासनमा पठाएको पत्रमा उल्लेख छ ।

पिडित बालकका परिवारले निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
सोही सन्दर्भमा दोषीलाई कानुन अनुसार कारबाही भए नभएको जानकारी उपलब्ध गराउन आयोगले प्रशासनलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्