
गोरखामा बुहारीले रक्सीको मातमा खुर्पा प्रहार गर्दा जेठाजु ठहरै
गोरखाको सहिद लखन गाउँपालिका ७ पिपलछाप चारघरेकी गौरीमाया रानाले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छन् । ५२ बर्षकी रानाले सोमबार दिउसो करीब एक बजे ८२ वर्षका जेठाजु बलबहादुर रानालाई खुर्पा प्रहार गरेकी प्रहरीले जनाएको छ ।
खुर्पा प्रहारबाट टाउको, घाँटी, ढाड लगायतका ठाउँमा गम्भीर चोट लागेका रानाको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौरीमायाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले खुर्पा प्रहार गर्नुको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रोशन थापाले जानकारी दिए ।




