
यारुबगरका एक ब्यापारी अपहृत
धार्चे १ यारुबगरमा व्यापार ब्यबसाय गरी बस्ने एक ब्यापारी गएराती अपहरणमा परेका छन् । यारुबगरका व्यापारी धनकमल गुरुङ राती १० बजे माछाखोला आसपासबाट अपहरणमा परेका धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
यारुबगरबाट आफ्नै खच्चड धपाउँदै माछाखोलाभन्दा पारिसम्म आइपुगेका उनलाई राती १० बजे नचिनेका पाँच छ जनाको समूहले अपहरण गरेका आशंका स्थानीयबासीको छ । उनको मोबाइल स्वीच अफ गरिएको छ । उनले धपाउँदै ल्याएका खच्चडहरुको काँटी खालेर भारी खोलिएको अबस्थामा भेटिएको छ ।
घटनाबारे बुझ्न माछाखोला चौकीबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भोला रावलले जानकारी दिए ।




