| शनिबार, बैशाख ८, २०८१

यी हुन् महिलाहरुमाथि सिरिञ्ज भन्दै काँटी घोप्ने आक्रमणकारी

महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ ।
आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् ।

उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे ।

घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापा भन्छन्, ‘उनले सुरुमा काठ र पछि काँटीले घोपेको हुँ भनेका छन् । यसबारे हामी थप अनुसन्धान

गर्दैछौं ।’

को हुन् सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परेका सन्तोष?

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका सन्तोष कार्कीकाे रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट रेहेको छ।

उनले भने,‘ केही समयअघि मात्र कार्की वैदेशिक रोजगारीबाट फर्किएर रेष्टुरेन्ट खोलेका थिए।’ प्रहरीले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका थियो। महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि प्रहरी उनीहरुको खोजी तिब्र पारेको थियो।

प्रहरीसँगको बयानको क्रममा उनले सिरिन्ज नभइ काँटीले घाेचेको बताएका छन्। उनले रमाइलोका लागि यसो गरेको प्रहरीलाई बयान दिएका छन्। रोग सार्ने नियमले नभइ रमाइलोको लागि काँटी घोचेको र ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन्।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणको घटना भएका उजुरी परेपछि प्रहरीले सर्तकता बढाएको छ। बनेपामा पनि सोही प्रकृतिको घटना भएको छ। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्