| आइतवार, कार्तिक २२, २०८३

खानीगाउँका पहिरो पीडितलाई स्थानान्तरण गर्न प्रधिकरणको प्रयास सुरु

राष्टिूय पुनर्निर्माण प्राधिकरणले पहिरोको जोखिममा परेको लापूको खानीगाउँको बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएको छ । भूगर्भ विद्ले गरेको भौगर्भिक सर्भेक्षण अनुसार जोखिममा रहेका एक सय २१ घरधुरीलाई स्थानान्तरणका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको कार्यकारी समिति सदस्य हरेराम पराजुलीले जानकारी दिए । जोखिममा रहेको सो बस्ती स्थानान्तरणको लागि भौगर्भिक अध्ययन लगायतका काम सम्पन्न भएको र औपचारिक निर्णय गर्न बाँकी रहेको पराजुलीले जानकारी दिए ।

‘प्राविविधक अध्ययन भइसक्यो । एकै ठाउँमा बस्नेलाई एकीकृत बस्ती निर्माणमा सहयोग गर्ने र आफूले इच्छाएको ठाउँमा बस्न चाहनेलाई घडेरी खरिदका लागि दुई लाख रुपियाँ दिने प्रक्रिया बारे प्राधिकरणको विभिन्न तहमा छलफल भएको छ’, उनले भने, ‘कार्यकारी समितिबाट स्थानान्तरणको औपचारिक निर्णय गर्न बाँकी छ ।’ स्थानीय चुङ्गङ खोलाले तीब्र रुपमा जमिन कटान गरेका कारण पहिरो बस्तीतिर सर्दै आएको स्थलगत अध्ययन गरेका भूगर्भविद् लेखप्रसाद भट्टले बताए । ‘अहिले पनि बस्तीको ठाउँ ठाउँमा चिरा परेको छ’, उनले भने, ‘अबको वर्षायाममा पहिरोको झन् धेरै जाखिम बढ्ने देखिन्छ ।’


गतबर्षको बर्खायाममा पहिरोको जोखिम बढेपछि खानीगाउँका ४० घरधुरी बिस्थापित भएका थिए । उनीहरु अहिले बिस्थापित भएर गोरखानाथ आधारभूत विद्यालय आसपासको क्षेत्रमा बसेका छन् । तर भुगर्भविदका अनुसार त्यहाँ पनि भौगर्भिक हिसावले निकै कमजोर धरातल रहेकाले कोलडाडाँमा अस्थायी बसोबासको तयारी भएको स्थानीय चन्द्रमान गुरुङले बताए । ‘बर्षामा ज्यान जोगाउनै प¥यो’ उनले भने ‘कोलडाँडामा टहरा बनाउने काम भैरहेको छ ।’

बाहिरबाट हेर्दा जमिन सामान्य जस्तो देखिएपछि भित्रभित्रै कमजोर बनिसकेको भूगर्भविद्हरु को ठहर छ । स्थानीय सरकारले उपयुक्त जग्गा उपलब्ध गराएमा विस्थापित हरुको एकीकृत बस्ती निर्माण गर्ने प्राधिकरणको सोच रहेको कार्यकारी समिति सदस्य हरेराम पराजुलीले बताए । ‘स्थाना न्तरणका लागि दुई वटा विकल्प छ’ उनले भने ‘विस्थापितहरुले आफ्नो इच्छा अनुसार बसोबास गर्न चाहेमा प्राधिकरणले घडेरी किन्नका लागि २ लाख रुपैया दिने र एकीकृत रुपमा बस्न चाहेमा भने स्थानीय सरकारले जग्गाको ब्यवस्थापन गरिदिनुपर्नेछ ।’

जग्गा ब्यवस्थापन सँगै बस्तीमा आवश्यक पर्ने अरु पूर्वाधार बनाउने काममा पनि प्राधिकरणले सहयोग गर्ने उनले बताए ।
स्थानीय तहले पनि खानीगाउँका बासिन्दालाई स्थानन्तरण गर्ने प्रयास गरेको तर असफल भएको वडा अध्यक्ष सुरमान गुरुङले बताए । ‘गाउँपालिकाका अध्यक्ष र म गएर गाउँलेलाई लापुबेशीमा सर्न आग्रह गरेका थियौं, तर गाउँलेहरु सर्न मानेनन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्