
रुखबाट लडेर मान्बु श्यामचेतमा एकको मृत्यू
जंगली च्याउ खाएर मृत्यू भएको बारे एकपछि अर्को ठाउँको खबर आइरहेका छन् । तर गोरखाको एक गाउँमा जंगली च्याउ टिप्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । रुखमा फलेको च्याउ टिप्ने क्रममा लडेर आरुघाट गाउँ पालिका १ मान्वु, श्यामचेतका ४८ बर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको हो ।
रुखबाट लडेपछि उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा घ्याम्पेसाल आसपास पुगेपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाटका हवल्दार गोपीलाल चौधरीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको उनको भनाई छ । शव पोष्टर्माटमका लागि गोरखा अस्पताल ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।




