| आइतवार, कार्तिक २२, २०८३

नेपाली सेनाका हवल्दार नदीमा मृत भेटिए

बिगत६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाका हबल्दार इश्वर कुमाल सोमबार मस्र्याङदी नदीमा मृत फेला परेका छन् । पालुङटार नगरपालिका ७ का कुमालको शव आँबुखैरेनी गाउँपालिका २ मार्कि चोकस्थित मस्र्याङ्दी नदीको बाँधमा सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

रणसिं दल गण गोरखामा कार्यरत कुमाल बिदामा घर जाँदा गत बुधबार मस्र्याङदीमा पौडी खेल्न गएका परिबार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्