
दुई अलग सवारी दुर्घटनामा दुईको मृत्यू
तरकारी बोक्ने गाडीबाट लडेर गोरखाको आरुघाटमा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने १२ वजेतिर बा ३ ख २५८३ नम्वरको मिनीटूकबाट तरकारी झार्ने क्रममा लड्दा ५१ वर्षका विष्णुकुमार श्रेष्ठको मृत्यु भएको हो । धादिङको त्रिपुरासुन्दरी गाऊँ पालिका वडा नम्वर २ घर भएका श्रेष्ठ सोही गाडीमा तरकारी लोड अनलोडको काम गर्दै आएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । आरुघाटको विद्युतचोकमा गाडी रोकेर तरकारी झार्ने क्रममा लडेका श्रेष्ठको टाउको गाडीको फलाममा ठोकिएको थियो ।
तत्काल उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा उनको त्यहीँ मृत्यु भएको इन्स्पेक्टर पदमराज थापाले जानकारी दिए । टूक र चालकलाई नियन्त्रणमा लिइएको उनले बताए । शवको पोष्टमार्टम गरी आफन्त को जिम्मा लगाइएको थापाले जानकारी दिए ।

यसैबिच, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ७ चिउरेभीरमा टिूपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । शनिवार राति १० वजेतिर बा ५ ख १९८२ नम्वरको टिूपर गोरखा(वारपाक सडकबाट करीब चारसय मिटर तल दरौंदी नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा टिूपरका चालक सिरानचोक गाउँपालिका ७ भालुस्वाँरा बस्ने २० वर्षका सुमन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । टिूपरका चालक वेपत्ता भएका छन् । उनको नाम ठेगाना खुलेको छैन । टिूपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनको अवस्था सामान्य रहेको डिएसपी महेन्द्र नेपालले जानकारी दिए । स्तरोन्नतिका क्रममा रहेको सो सडकको भित्तातिर अब्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय प्रताप ढकालले बताए ।




