| आइतवार, कार्तिक २२, २०८३

गोरखामा ट्रिपर दुर्घटना, चालकको मृत्यू, सहचालक बेपत्ता

गोरखा : गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । शनिबार राति १० वजेतिर बा ५ ख १९८२ नम्वरको ट्रिपर गोरखा–वारपाक सडकबाट करीब ४ सय मिटर तल दरौंदी नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रिपर चालक सिरानचोक गाउँपालिका ७ भालुस्वाँरा बस्ने २० वर्षका सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपरका सहचालक वेपत्ता भएका छन् । उनको नाम ठेगाना खुलेको छैन । ट्रिपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

स्तरोन्नतीका क्रममा रहेको सो सडकको भित्तातिर अब्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय प्रताप ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्