
धार्चे गाउँपालिकाद्वारा अबैध कुखुराका चल्ला नष्ट
धार्चे गाउँपालिकाले अबैध रुपमा गाउँपालिकामा भित्रिएको कुखुराको चल्ला नष्ट गरेको छ । नेपालगन्जबाट बिक्रीका लागि ल्याईएको तिनसय २० वटा कुखुराको चल्ला माछाखोला बजारमा नष्ट गरिएको हो ।
बिक्रीका लागि मधेसी समुदायका ब्यबसायीले क्यारेन्टाईन परिक्षणको म्याद सकिएको कुखुराको चल्ला लगेको पाईएकाले गाडेर नष्ट गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । ‘ कागजपत्र अनुसार ७२ घन्टाभित्र बेचिसक्नुपर्ने कुखुराको चल्ला म्याद सकिएपछि पनि बेचेको भेट्यौ’ उनले भने ‘ कागजमा लेयर्स जातको कुखुरा उल्लेख भएपनि उनिहरुले यो टर्की भन्दै थिए ।
कागजमा भएको र उनिहरुको बोलीमा फरक भएकाले पनि हामीले चल्ला नष्ट ग¥यौं ।’ माछाखोला बजारमा कुखुराका चल्ला बेचबिखन गरेको अबस्थामा गाउँपालिकाको टोलीलले चेकजाँच गरेको थियो । छिमेकी जिल्लामा बर्डफ्लुको प्रकोप फैलिएकाले साबधानी अपनाउन अबैध चल्ला नियन्त्रणमा लिएर




