
काउलेमा चितुवा आतंक बढेपछि स्थानिय त्रासमा
गोरखाको भीमसेन थापा गाउँपालिका २ काउलेमा चितुवाको आतंक बढेको छ । चितुवाले गाउँमा बाख्रा तथा गाईभैसी मार्ने क्रम बढेको स्थानीयले बताएका छन् । मंगलबार रातीमात्रै एकै खोरको दशवटा बाख्रा चितुवाले मारेको स्थानीयबासीले बताएका छन् । ब्यबसायिक रुपमा बाख्रापालन गर्ने तयारीमा रहेका नेत्रबहादुर बस्ताकोटीको खोरमा रहेका १३ बाख्रामध्ये दशवटा बाख्रा चितुवाले मारेको बस्ताकोटीले बताए । तीनवटा बाख्रा भने घर नजिकैको झाँडीमा घाईते अबस्थामा फेला परेको बस्ताकोटीले जानकारी दिए । चितुवाको आक्रमणबाट करीब डेढ लाख रुपैयाँको क्षती भएको उनको भनाई छ ।

गाउँमा चितुवाको आतंक बढ्दै गएपछि स्थानीयबासी त्रसित भएका स्थानीय रमेश बस्ताकोटीले बताए । ‘एक महिनायता गाउँमा चितुवाले सताएको छ’, उनले भने, ‘केहिदिन अघि एउटा गाई पनि मा¥यो । गाईबाख्रालाई गोठ÷ खोर तथा चरेको ठाउँमा पनि चितुवाले झम्टने, मार्ने गरेको छ ।’ चितुवाको आक्रमणबाट क्षति बढ्दै गएपछि यसको उचित ब्यबस्थापन गर्न स्थानीयले माग गरेका छन् ।




