| आइतवार, कार्तिक २२, २०८३

तराईको हावाहुरी पीडितलाई शहीद लखनका जनप्रतिनिधि र कर्मचारीले तलब काटेर दिए राहत

अनुपमा खनाल

गोरखाको शहीद लखन गाउँ पालिकाका जनप्रतिनिधि र कर्मचारीले तराईको हावाहुरी पीडितलाई राहत दिने भएका छन् । शुक्रबार बसेको गाउँ कार्य पालिकाको बैठकले जनप्रतिनिधि ले तीन दिन र कर्मचारीले एक दिनको तलबबापत आउने रकम बाराका हावाहुरी प्रभावितलाई उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।
केही दिनभित्रै रकम संकलन गरेर सम्बन्धित निकायमा पठाउने उनको भनाई छ । गत आइतबार रातीको हावाहुरीले बाराको फेटा गाउँपालिका र पर्साको पर्सौनी गाउँपालिकामा धनजनको क्षति भएको थियो ।
वर्षायामको पूर्वसन्ध्यामा हावाहुरी का कारण धेरैले आवास समेत गुमाएकाले राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्