
आरुघाटमा ११ वटा पसल फुटाउने पेशेवर चोर पक्राउ
आरुघाट बजारका बिभिन्न ११ वटा पसल चोरी गर्ने दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय व्यापारीहरुको उजुरीको आधारमा गस्तीमा रहेको प्रहरीले बिहिबार राती नौ बजे आरुघाट गाउँपालिका ९ आरुघाट बजारबाट आरुघाट बजार बस्ने १८ बर्षका सुब्बा ठकुरी र सोही ठाउँका २४ बर्षका सञ्जय रम्तेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बजारका फेन्सी पसल, इलेक्ट्रोनिक्स पसल, सुन पसल लगायत फुटाएर नगद तथा जिन्सी सामान चोरेका स्वीकार गरेका प्रहरी नायव निरीक्षक नवराज इटनीले जानकारी दिए । चोरी गरेको सामान पोखरा लगेर बेचेको स्वीकार गरेको सई इटनीले बताए । थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले बताए ।




