
बस र ट्रक जुध्दा १८ जना घाइते, सात जना गम्भीर
आँबुखैरेनी गोरखा सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । आँबुखैरेनीबाट पालुङ्टार ९ सेरा पौवाटारतर्फ जाँदै गरेको ना ७ ख २०७० नंबरको बस र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ना ५ ख ५८११ नंबरको ट्रक मंगलबार साँझ सवा पाँचबजेतिर एक आपसमा ठोक्किएर दुर्घटना भएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहुनेहरुको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचार गरिएको छ ।
पालुङटार नगरपालिका १० की ४० बर्षिय सुमित्रा नहरकोटी , ४५ बर्षिय भोजराज बराल, ३१ बर्षिय मिलन सेढाई, २३ बर्षकी सीता पौडेल र बस चालक ३० बर्षिय बाबुराम नेपाली , पालुङटार नगरपालिका ९ का मानबहादुर अधिकारी र केदार लामा गम्भीर घाईते भएका
घाइतेमध्य पालुङटार नगरपालिका १० की ४० बर्षिय सुमित्रा नहरकोटी , ४५ बर्षिय भोजराज बराल, ३१ बर्षिय मिलन सेढाई, २३ बर्षकी सीता पौडेल र बस चालक ३० बर्षिय बाबुराम नेपाली , पालुङटार नगरपालिका ९ का मानबहादुर अधिकारी र केदार लामा गम्भीर घाईते भएका छन् । उनीहरुलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको डिएसपी नेपालले जानकारी दिए । ट्रक र बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।




