
ढुंगागाडेमा ट्रिपर र बस ठोक्किदा ८ जना घाईते
गोरखा नगरपालिकाको ढुंगागाडेमा ट्रिपर र बस ठोक्किदा ८ जना घाईते भएका छन् । गोरखा बजारबाट आरुपोखरी जाँदै गरेको ना ५ ख ५०२८ नंबरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७९५९ नंबरको ट्रिपर करीब पौने ३ बजेतिर ठोक्किदा ८ जना घाईते भएका हुन् । घाईतेहरुलाई उपचारका लागि गोरखा अस्पताल ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले बताए ।




