
बाँदरको आक्रमणबाट फुजेलकी एक महिला घाइते
गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलको ढावेमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।
करीब ४२ बर्षकी कल्पना रेग्मी घाइते भएकी हुन् । सोमबार दिउँसो रोपाईमा जाने क्रममा बाटोमै उनलाई बाँदरको समूहले आक्रमण गरेको स्थानीय कुमार पाण्डेले जानकारी दिए ।
उनको स्थानिय मेडिकलमा सामान्य उपचार गरेर थप उपचारका लागि टेकु अस्पताल लगिएको पाण्डेले बताए । घाइते घिमीरेको निधार र देब्रे पाखुरामा चोट लागेको वडा सदस्य हस्तराज भण्डारीले जानकारी दिए ।




