
टक्सारमा मोटरसाईकलको ठक्करबाट दुईजना घाईते
गोरखा नगरपालिका १० टक्सारमा मंगलबार साझँ मोटरसाईकलको ठक्करबाट दुईजना घाईते भएका छन् । मोटरसाईकलको ठक्करबाट मनकामना बहिरा आबासिय विद्यालयमा अध्ययनरत १८ बर्षकी रीमला थापा र सोही विद्यालयका कर्मचारी २७ बर्षिय रामहरी पौडेल घाइते भएका छन् । वाया खुट्टामा चोट लागेका घाईते दुबैको गोरखा अस्पतालमा उपचार गरिएको छ । मंगलबार साझँ करीब साढे ५ बजे गोरखाबाट खैरेनीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १९११ नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो । ठक्कर दिने मोटरसाईकल र चालकको खोजि भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




