| आइतवार, कार्तिक २२, २०८३

अजीरकोटका केशव १३ दिनदेखि बेपत्ता

अजीरकोट ३ हंशपुरका सु्स्त मनस्थिति भएका एक बालक १२ दिनदेखि हराइरहेका छन् । ज्ञानज्योति मावि लप्सीबोटमा कक्षा ६ मा अध्ययन गर्ने केशव नेपाली हराइरहेका स्थानीय विष्णु अधिकारीले जानकारी दिए ।
यसअघि पनि पटक पटक हराइरहने र आफन्तहरुको घरमा भेटिने गरेका उनी यसपटक भने आफन्तहरुको घरमा पनि नभेटिएका अधिकारीले बताए । ‘माघको २८ गते स्कूलबाट फर्केर छिमेकीको रित्तो घरमा झोला छाडेर कता गयो गयो’, उनले भने, ‘इष्टमित्रको घर सबैतिर खोजतलास भइसक्यो । हामीले खोजी गरिदिन अनुरोध गर्दै भच्चेक प्रहरीचौकीमा पनि खबर गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्