
लडेर चुम्चेत र ल्होका दुईको मृत्यू
दरौंदी : चुमनुब्री गाउँपालिकामा दुईजनाको लडेर मृत्यू भएको छ । गाउँपालिकाको वडा नं. २ स्यो गाउँका टासी डुण्डुप लामाको शुक्रबार बिहान घरको भ¥याङबाट लडेर मृत्यू भएको वडा नं. १ का सदस्य मिङ्मार लामाले जानकारी दिए । ३२ बर्षका लामाको वडा नं. १ सामागाउँमा मृत्यू भएको उनले बताए ।
त्यस्तै सोही गाउँपालिका वडा नं. ६, चुम्चेतका दोर्जे छेवाङ लामाको पनि भीरबाट लडेर मृत्यू भएको छ । घर बनाउने काठ लिन जाँदा ङुल्ज्यूको भीरमा लडेर मृत्यू भएको स्थानीय गोपाल लामाले जानकारी दिए । २७ बर्षका लामा गतबर्ष घरमै हत्या भएकी कुन्साङ डिकीका श्रीमान हुन् । कुन्साङको हत्याको आरोपमा गाउँका पाँचजनाले जेल सजायँ भोगिरहेका छन् ।




