| सोमवार, कार्तिक २३, २०८३

बटुकी आधारभूत विद्यालय उद्घाटन

गोरखाको गण्डकी गाउँपालिका फुजेलस्थित बटुकी आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । जापानी सहयोग नियोग (जाईका) को ऋण सहयोगमा बनेको विद्यालयको चारवटा भवनको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले उद्घाटन गरे ।
नवनिर्मीत भवन जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख रामप्रसाद आचार्य र जाईकाका प्रतिनिधी वाङ साङले विद्यालयलाई हस्तान्तरण गरेका छन् । तीन करोड ८५ लाख रुपैयाँको लागतमा १५ कोठा रहेको चार वटा भवन निर्माण भएको हो । २०७२ सालको गोरखा भुकम्पले विद्यालयको भवन भत्किएपछि २०७३ साल मंसिरबाट नयाँ भवन निर्माण शुरु गरिएको थियो । भुकम्पपछि टहरामा कक्षा सञ्चालन गरिएपनि माघ ४ गतेदेखि नयाँ भवनमा नै कक्षा सञ्चालन गर्ने तयारी भैरहेको प्रधानाध्यापक डिल्लीराम दाहालले जानकारी दिए । विद्यालयमा हाल शिशु देखि आठकक्षासम्म दुई सय तीन जना विद्यार्थी छन् । विद्यालय ब्यबस्थापन समितिका ज्येष्ठ सदस्य कुमारबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राना, गाउँपालिकाका शिक्षा शाखा प्रमुख यदु अधिकारी, वडाअध्यक्ष नवराज श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सोही अबसरमा विद्यालयको ३६ औं बार्षिकोत्सव तथा अभिभावक समारोह पनि मनाईएको प्रधानाध्यापक दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्