| सोमवार, कार्तिक २३, २०८३

१२ कक्षा सञ्चालन गर्न महायज्ञ

पालुङटार नगरपालिका ९ सेराको त्रिवेणी माध्यामिक विद्यालयले दश जोड दुई सञ्चालन तथा शैक्षिक विकासका लागि महायज्ञ गर्ने भएको छ । माघ १४ देखि २२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम पालुङटार सेरा त्रिवेणी मावि शैक्षिक धार्मिक महोत्सव गर्ने भएको हो । महायज्ञमा इश्वर रेग्मी र बासुदेव घिमीरेले कथा वाचन गर्नेछन् । महायज्ञ गर्न करीब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जसमध्ये कथा वाचक घिमिरेले कार्यक्रम ब्यबस्थापनको जिम्मा लिनुभएको र अभिभावकसँग चन्दा संकलन गरीने महायज्ञ प्रचार प्रसार संयोजक कविन्द्र अधिकारीले बताए । महायज्ञबाट करीब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
सो विद्यालयका विद्यार्थी दश कक्षा उर्तिण भएपछि अध्ययनकै लागि मिरकोट मावि तथा काठमाण्डौ, पोखरा लगायतमा शहरमा पुग्नुपर्ने बाध्यता रहेको अधिकारीले बताए । महायज्ञ सञ्चालनकै लागि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेजबहादुर थापाको संयोजकत्वमा एक सय ८ सदस्यिय मुल समारोह समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक चुडा अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्