| सोमवार, कार्तिक २३, २०८३

त्रिवेणीमा आईसिटि ल्याब सुरु

पालुङटार नगरपालिका ९, सेराको त्रिवेणी माध्यामिक विद्यालयमा आई सि टि ल्याब स्थापना गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयमा आईसिटि ल्याब सञ्चालन गरिएको हो ।
अमेरीकी सँस्था ईएआई तथा एनईसी ९९ सिभिल ब्याच लगायतको आर्थिक सहयोगमा ल्याब सञ्चालन गर्न सम्भव भएको विद्यालयले जनाएको छ ।
संस्था हरुले १६ थान कम्पुटर, एक थान प्रिन्टर र एकथान प्रोजेक्टर उपलब्ध गराएका हुन् । सोही सामाग्रीको साथमा ल्याब स्थापना गरिएको हो ।
विद्यलयमा सुविधासम्पन्न सुचना प्रबिधिमैत्री ल्याब भएपछि त्यहाँ अध्ययनरत ३८५ विद्यार्थीको शैक्षिक प्रगतिमा फाईदा पुग्ने अपेक्षा गरिएको सहयोगी संस्थाका प्रतिनिधि राजेश डंगोलले बताए ।

प्रतिक्रिया दिनुहोस्