| शनिबार, बैशाख २५, २०८३

होटलको कुपनबाट संकलित ९८ लाख ७१ हजार बितरण

मनास्लु पर्यटन पदमार्गमा लागु गरिएको कुपनबाट संकलित ९८ लाख ७१ हजार रुपियाँ होटल व्यबसायीहरुलाई वितरण गरिएको छ । विदेशी पर्यटकका गाइड तथा भरियालाई खाना तथा बासको व्यबस्था गरेका मनास्लु क्षेत्रका होटल ब्यबसायीहरुलाई कुपनबाट संकलित एक करोड २५ लाख ८० हजार रुपियाँमध्य ९० लाख ५५ हजार रुपियाँ वितरण गरिएको मनास्लु पर्यटन संयुक्त उपसमिति का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
असोज १ गतेदेखि कुपन सिस्टम लागु गरिएको थियो । ‘डिसेम्बरसम्म ५० हजार एकसय ३४ वटा कुपन संकलन भयो’ कार्कीले भने, ‘जसमध्य बिभिन्न कारणले फिर्ता भएका गाइड तथा भरियाबाट सातसय ५३ वटा कुपन र पैसा पनि फिर्ता भयो । २६ जनाले टिकट काट्ने तर झुक्याएर शुल्क नतिरी गएको भेटियो ।’ सबै गरी जम्माजम्मी ९० लाख ५५ हजार रुपियाँ संकलन भएको उनले बताए । उपसमितिले प्रतिकुपन दुइसय रुपियाँका दरले पैसा जम्मा गरेको थियो ।ब्यबसायीहरु नआएकाले केही पैसा बाँड्न बाँकी रहेको समितिले जनाएको छ । संकलित रकम व्यबसायीहरुलाई तीनदिन लगाएर वितरण गरिएको थियो । ‘सबै रकम फिलिमको कुमारी वैंकको खातामा जम्मा गरेका थियौं । व्यबसायीहरुलाई पनि हामीले खाता खोल्न लगाएर खातामा नै जम्मा गरिदियौं’, उनले भने ।
यसअघि गाइडहरुले होटलमा निशुल्क खाने गरेका थिए । ‘हामीले पाहुना ल्याइदिएका छौं भनेर गाइडहरुले निशुल्क खाने चलन थियो’, अध्यक्ष कार्कीले भने, ‘त्यसो गर्दा व्यबसायीहरुलाई मर्का परेकाले यो बर्षदेखि पर्यटक प्रवेश गर्ने ठाउँ जगत चेकपोष्टमा नै गाइडहरुसंग खानाको पैसा लिएर कुपन दिने सिस्टम लागु गरेका हौं ।’ मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को चेकपोष्टमा पर्यटकको विवरण दर्ता गरेपछि संगै रहेको होटल व्यबसायीको कार्यालयले कुपन काट्नुपर्ने नियम अनिबार्य गरिएको उनले बताए । जगतदेखि चुम र नुब्रीपुसम्म करिब १२० होटल रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्