
नेविसंघको गाेरखा नगरकाे संयोजकमा पन्त
दराैँदी ः नेपाली कांग्रेस निकटकाे नेपाल विद्यार्धी संघले गोरखा नगरपालिकाको पहिलो नगरभेला सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा गत सोमबार सम्पन्न भएको नगर सम्मेलनले सुमन पन्तको संयोजकत्वमा नगर समिति चयन गरेको हाे ।
नगर समितिको सहसंयोजकमा जनुका अधिकारीलाई चयन गरेको छ । उत्त भेलामा सहभागी १४ वटा वडाका १५ विद्यालयका दुई–दुई जनालाई प्रतिनिधि चयन गरेको संयोजक पन्तले जानकारी दिए । विद्यार्धीकाे हक र हितका लागि अाफु र संगठनलाइ समर्पित गर्ने पन्तकाे भनाइ छ ।




