| आइतवार, कार्तिक २२, २०८३

ट्रिपर दुर्घटनामा चालकको मृत्यू

गोरखामा सोमबार भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका २ मा ना १ क ६४७७ नंबरको ट्रिपरबाट हाम्फाल्दा हेटौंडा उपमहानगरपालिका १९ नेवापानीका वीरबहादुर स्याङतानको मृत्यू भएको प्रहरीले जनाएको छ ।
ट्रिपर अनियन्त्रित भएपछि चालक र सहचालक दुवै जना हाम्फालेका तर चालक स्याङतानको टाउको ढुङ्गामा ठोक्किएर घटनास्थलमै मृत्यू भएको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्