| आइतवार, कार्तिक २२, २०८३

सुस्त मनस्थितिकी बालिका बलात्कृत

चुमनुब्री गाउँपालिका ३ आँगाकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । स्थानीय १४ बर्षीया सुस्तमनस्थितिकी बालिका बलात्कार गरेको आरोपमा आँगा आमा समूह र चिसापानी आमा समूहले ७४ बर्षीय जीतराम गुरुङलाई पक्राउ गरेर प्रहरी चौकी फिलिममा बुझाएका स्थानीय दीपेन्द्र गुरुङले जानकारी दिए ।
गुरुङलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइरहेको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले बताए ।
गुरुङले गत बुधबार जबर्जस्ती गरिरहेको अबस्थामा छिमेकी बालबालिकाले देखेर अभिभावक लाई सुनाएपछि घटना सार्बजानिक भएको वडा अध्यक्ष रामकुमार गुरुङले बताएका छन् । उनका अनुसार यसअघि पनि वृद्धले अन्य बालिकाहरुमाथि जबर्जस्ती करणी गर्ने गरेको आरोप छ । ‘पटक पटक हुने गरेकाले जिल्लामा पठाएका हौं’, अध्यक्ष गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्