| आइतवार, कार्तिक २२, २०८३

विपन्न छात्रालाई आर्थिक सहयोग

दरौंदी ः गोरखा नगरपालिकाको महेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत शान्ति तामाङलाई आबुखैरेनी कला केन्द्रले आर्थिक सहयोग गरेको छ । आर्थिक अबस्था कमजोर भएकी शान्तिलाई आबश्यक पर्ने शैक्षिक सामाग्री खरिदका लागि पाँच हजार पाँच सय २५ रुपैया हस्तान्तरण गरेको समीप अधिकारीले बताए ।
शान्तिकी आमालाई प्यारालाइसेस तथा मृगौला सम्बन्धी समस्या भएकाले उनको परिवारलाई उपचार तथा दैनिक गुजाराका लागि अफ्ठेरो भएपछि चन्दा संकलन गरेर उठेको रकम हस्तान्तरण गरेको अधिकारीले जानकारी दिए ।
सोही अबसरमा विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले संकलन गरेको करीब तीन हजार रुपैयाँ पनि उपलब्ध गराएका छन् । शान्तिको आमाको उपचारमा सहयोगका लागि अर्थ सकंलन अभियान चलाउने आँबुखैरेनी कला केन्द्रले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक गोपालबाबु मरहट्टाको शान्तिलाई विद्यालयमा निशुल्क अध्ययनको ब्यबस्था मिलाउने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक भीमनारायण श्रेष्ठ, आबुखैरेनी कला केन्द्र का सन्चालक अदीप श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्