
कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय थप
दरौंदी ः राष्टिूय परीक्षा बोर्डले कक्षा ११ को रजिष्टूेशन फारम भर्ने समय पुनः थप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्टूेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धा्रित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनः थप गरिएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७५÷०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिका अनुरुप गएको असोज २१ गतेसम्म बिलम्व शुल्करहित प्रति विद्यार्थी ८०० रुपैयाँका दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचरसहित रजिष्टूेशन बोर्डका सम्बन्धित शाखा कार्यालयमा रसिद काटी बुझाउन सूचना गरिएको थियो ।




