| आइतवार, कार्तिक २२, २०८३

लापुवेशीमा आँखा परिक्षण शिविर सम्पन्न

दरौंदी ः गोरखाको धार्चे गाउँपालिका ७ लापुवेशीमा आँखा परिक्षण शिविर भएको छ । हिमालय आखा अस्पताल पोखरा र गोरखा लायन्स आई सर्जिकल सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय ४७ जनाले आँखा परिक्षण गराएका छन् । तिमध्ये ६ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको सेन्टरका विकास कुँवरले बताए । उनिहरुलाई मंसिर १३ देखि २६ सम्म माछाखोलामा हुने आँखा शल्यक्रिया शिविरमा निशुल्क शल्यक्रियाको ब्यवस्था मिलाइएको कुँवरले जानकारी दिए । लायन्स क्लब अफ गोरखाले हरेक महिना आँखा परिक्षण गर्ने क्रममा यो पटक धार्चे गाउँपालिकामा शिविर गरेको हो ।
ि

प्रतिक्रिया दिनुहोस्