| आइतवार, कार्तिक २२, २०८३

बसले किचेर नौ बर्षे बालकको मृत्यू

पोखराबाट शैक्षिक भ्रमणका लागि गोरखा आउँदै गरेको बसले किचेर सेन्टजोसेफ स्कूलका एक विद्यार्थीको मृत्यू भएको छ । पोखरा महानगरपालिका पाटनबेशीको तारापुञ्ज माविका विद्यार्थी लिएर आउँदै गरेको ग १ ख ६३९६ नंबरको बसले शुक्रबार दिउसो साँढे चारबजे १० किलोस्थित सडकपेटी किच्दा गोरखा नगरपालिका वडा नं. १२ शिखरडाँडाका नौबर्षका प्रिन्स थापा मगरको घटनास्थलमै मृत्यू भएको एसपी बिमल बस्नेतले जानकारी दिए ।
बस चालकलाई नियन्त्रणमा लिएको र छानबीन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्