
लापुमा डोजर जलाइयो
दरौंदी ः गोरखाको लापुमा सडक निर्माण गरिरहेको डोजर स्थानीय उछृङ्खल युबाहरुले जलाएका छन् । धार्चे गाउपालिका ७ को गुम्दा, लापु सडकको पौटु भन्ने ठाउँमा सडक निर्माण गरिरहेको निश्चल निर्माणसेवाको डोजर गए राती जलाईएको गोरखाका प्रहरीप्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । माछा खोला प्रहरीचौकीबाट गएको प्रहरी टोली अहिले घटनास्थल पुगि सकेको उनले बताए । डरधाक धम्की देखाएर विकास निर्माणको बजेट हातपार्ने बानी परेका स्थानीय विकास विरोधीहरुले सो डोजर जलाएको हुनसक्ने वडा नं ७ का अध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए ।




