
चार स्थानीय तहमा शिक्षक महासंघ गठन
नेपाल शिक्षक महासंघ गोरखाले जिल्लाको चारवटा स्थानीय तहमा नगर तथा गाउँ शिक्षक महासंघ गठन गरेको छ ।
गोरखा र पालुङटार नगरपालिका सहित आरुघाट र अजिरकोट गाउँपालिकाको केन्द्रमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नगर तथा गाउँ शिक्षक महासंघ गठन गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा नेपाल शिक्षक महा संघका जिल्ला अध्यक्ष धुब्रकुमार भट्टको प्रमुख आतिथ्यता मा भएको गोरखा नगरस्तरीय भेलाले पुरुषोत्तम भट्टराईको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ । जसको सह अध्यक्ष दयाराम ढकाल, उपाध्यक्ष भवानी खड्का पाण्डे र सचिव भाईकाजी श्रेष्ठ चयन भएका छन् ।
यस्तै, नेपाल शिक्षक महासंघका सह अध्यक्ष राजन कट्टेलको प्रमुख आतिथ्यतामा पालुङटार नगर स्तरीय भेला भएको छ । भवानी क्याम्पस परिसरमा भएको भेलाले चेतनाथ पन्तको अध्यक्षतामा १९ सदस्यिय समिति गठन गरेको छ । जसको सह अध्यक्ष खेमराज पोख्रेल, उपाध्यक्ष टेकबहादुर थापा र सचिव गणेशराज सेढाई चयन भएका छन् । आरुघाट गाउँपालिकाको भिमोदय मावि परिसरमा भएको भेलाले तिर्थबहादुर नेपाली अध्यक्ष रहनेगरि १७ सदस्यिय समिति गठन गरेको छ । जसको सह अध्यक्ष शुकबहादुर नेपाली, उपाध्यक्ष लालप्रसाद खनाल र सचिव काजिराम कार्की चयन भएका भेलाका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ गोरखाका सचिव श्याम लामिछानेले जानकारी दिए ।यसैगरी, अजिरकोट गाउँ पालिकाको भच्चेक प्राविमा आयोजित भेलाले कालिकाप्रसाद अधिकारी अध्यक्ष र बद्रिप्रसाद पोखरेल सचिव रहने गरि १७ सदस्यीय गाउँस्तरीय शिक्षक महासंघ गठन गरेको छ । समितिमा अन्य पदाधिकारी अध्यक्षसँगको परामर्शमा चयन गर्ने निर्णय भएको भेलाका प्रमुख अतिथी नेपाल शिक्षक महासंघका जिल्ला उपाध्यक्ष उदय भट्टले जानकारी दिए ।
विद्यालय बन्द गरेर नै शिक्षकहरु महासंघले आयोजना गरेको भेलामा सहभागी भएका थिए ।




