| मङ्लबार, कार्तिक १७, २०८३

गोरखा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि रामशाह माविलाई

गोरखा नगरपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि रामशाह मावि देउरालीले हात पारेको छ । नगरपालिकाको आयोजनामा कात्तिक १५ गतेदेखि १७ गतेसम्म सञ्चालित प्रतियोगितामा १७ पदक जित्दै रामशाह मावि विजयी बनेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।

विभिन्न ५० विधामा भएको खेलमा ६ स्वर्ण, ३ रजत र ८ कास्य गरी १७ पदक जित्दै रामशाह माविले उपाधि जितेको खड्काले जानकारी दिए । बिजेता रामशाह माविलाई गोरखा नगरपालिकाका मेयर कृष्ण

ना र उपमेयर मसलीमाया थोकरले संयुक्त रुपमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । त्यस्तै प्रतियोगितामा विध्यावासिनी मावि नारेश्वरले दोस्रो स्थान हाँसिल गरेको छ । ५ स्वर्ण, १ रजत र ३ कास्य गरी ९ पदक जितेर सो विद्यालय दोस्रो हुन सफल भएको हो ।

त्यस्तै छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि बिजेता तारा मावि अहिले तेस्रो स्थान सिमित बन्न पुग्यो । ४ स्वर्ण १ रजत र ४ कास्य गरी ९ पदक जितेर तारा मावि तेस्रो बनेकोे शिक्षा शाखा प्रमुख खड्काले बताए । नगरपालिकाको वडा नं १० स्थित खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा १६ वटा सामुदायिक र ६ वटा बोर्डिङ गरी २२ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

गोरखा नगरपालिकाका खेल संयोजक तथा वडा नं. १० का अध्यक्ष प्रदीप कुँवरको अध्यक्षत तथा मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उपमेयर मसलीमाया थोकर, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल विभिन्न विद्यालयका प्रअलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्