| मङ्लबार, अशोज १२, २०८३

कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशन सम्पन्नः सबै क्षेत्रीय, प्रदेश कार्य समिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत

नेपाली काङ्ग्रेस गोरखाले क्षेत्र नं २ को क्षेत्रीय सभापति तथा कार्य समितिको टुङ्गो लगाएसँगै जिल्लाको क्षेत्रिय अधिवेशन सम्पन्न गरेको छ । योसँगै काङग्रेस गोरखाले पार्टीको १५ औँ महाधिवेशनका लागि जिल्लामा दुवै क्षेत्रका कार्यसमिति, प्रदेश क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

काङ्ग्रेसको गोरखा क्षेत्र नं १ मा नारायण लामिछाने नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । त्यसैगरी क्षेत्र नं १ अन्तरगत प्रदेश ‘क’ कृष्ण पन्तको सभापतिमा र प्रदेश ‘ख’ कपिल पाण्डे (सुवास)को सभापतित्वमा कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी क्षेत्र नं २ को क्षेत्रीय कार्यसमिति सुवास अधिकारीको सभापतित्वमा सर्वसम्मत गठन भएको छ । त्यस्त,ै क्षेत्र नं २ को प्रदेश ‘क’ अमर धितालको सभापतित्वमा सर्वसम्मत चयन भएको छ भने मानप्रसाद धितालको सभापतित्वमा प्रदेश ‘ख’ सर्वसम्मत चयन भएको छ ।

ङ्ग्रेसको दुवै क्षेत्रबाट ३३/३३ जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । क्षेत्र नं १ बाट वर्तमान कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपाने, उपसभापति धिरन थापा, किरणबाबु श्रेष्ठ, पूर्णबहादुर दाहाल, इश्वर पाण्डे, राजनराज पन्त र रेशम गुरुङ महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

यस्तै, जीवनप्रेम श्रेष्ठ, रमेश बस्ताकोटी, प्रकाश लामिछाने, जानुका पन्त, कमला लामिछाने, बिनु लामिछाने, शोभा खनाल भट्ट, प्रेमकुमार खत्री, प्रविण तिवारी, रोशन गुरुङ, पुस्कर गुरुङ, प्रतिमा भट्ट, गजे घले, जनार्दन अर्याल, रामु नेपाली, रचन परियार, कल्पना नेपाली, सरोज देवकोटा, बिना कुमारी श्रेष्ठ, मिना देवी श्रेष्ठ, धर्मेन्द्रकाजी श्रेष्ठ, पेम्वारेता लामा, टिकाराम गुरुङ, आनन्द गुरुङ, ललिता अधिकारी र हितबहादुर अंगाई महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काङ्ग्रेस गोरखाले जनाएको छ ।

त्यस्तै क्षेत्र नं २ बाट गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डे, यसअघिका गण्डकी प्रदेश सांसदसमेत रहेका प्रकाशचन्द्र दवाडी, यसअघिका पालुङटार नगरपालिकाका मेयरसमेत रहेका दीपकबाबु कँडेल, बलराम खड्का, मोहन पोखरेल, भागवत रेग्मी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

त्यस्तै चन्दनबाबु खत्री, गोविन्द गुरुङ, इमानसिँह बस्नेत, सलाउद्दिन मिया, राजु थापा,मसली माया थोकर, मिना अधिकारी, रविकला खनाल, शोभा अधिकारी, किशोरजंग थापा, उमेश धिताल, सुनिता पोखरेल, अश्विन कुँवर, प्रविण गुरुङ, सुनिल कुँवर, हरीबहादुर घले, दिनेश सुनार, पूर्णबहादुर पन्त, धु्रवराज गुरुङ, ज्ञानेन्द्र गुरुङ, मनकुमारी गुरुङ, प्रमिला राना गुरुङ, इश्वरबहादुर परियार, सावित्रा विक, कमला पन्त, जीवन वानियाँ क्षेत्री, अव्दुल सतार, डिलबहादुर थापा, मानबहादुर राना, भक्तबहादुर गुरुङ, जितबहादुर घले र जंगबहादुर गुरुङ महाधिवेशन प्रतिनिधि चयन भएका पार्टीका जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्