| सोमवार, अशोज ११, २०८३

युवा पुस्ता समेट्ने कांग्रेसको अनुकरणीय अधिवेशन

अहिले देशभरि र गोरखामा पनि नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनको माहोल छ । यसअघि पालिका अधिवेशन, त्यसभन्दा अझै अघि वडाअधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेस नेपालको सबैभन्दा जेठो पार्टी हो ।

यसले अरु पार्टीहरुलाई मार्गदर्शन गर्ने हैसियत राख्दछ । २००७ सालको राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि गरिएको आन्दोलन कमाण्ड गरेको पार्टी, २०४७ सालको पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र पुनस्र्थापनाका लागि गरिएको आन्दोलनको नेतृत्व गरेको पार्टी तथा २०६२।०६३ मा प्रतिगमनबाट उन्मुक्ति र गणतन्त्र स्थापनाका लागि गरिएको आन्दोलनको कमाण्ड गरेको नेपाली कांग्रेसको यो १५ औं महाधिवेशन विविध हिसावले ऐतिहासिक छ ।

अहिले पार्टी फुटको संघारमा छ । २०५८ सालमा एक पटक पार्टी फुटाएका शेरबहादुर देउवाले अहिले फेरि दोस्रो पटक पार्टी फुटाउने प्रयत्न गरिरहेका छन् । यो अवस्थामा भइरहेको महाधिवेशन र त्यसको पूर्वसन्ध्यामा गरिएको वडा, पालिका, प्रदेश क्षेत्र तथा क्षेत्रीय अधिवेशन धेरै महत्वपूर्ण छ ।

गत विशेष महाधिवेशनले जेनजी पुस्ताका धेरै मागहरु सम्बोधन गर्न विधानमा संशोधन गरेको छ । अबको १५ औं महाधिवेशनले त्यसलाई संस्थागत गर्न अर्को महत्वपूर्ण जगको ढुंगा थप्नेछ । अहिलेको क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि चुन्ने क्रममा पनि नवयुवा पुस्तालाई विशेष कोटाको व्यवस्था गरेर समावेश गरेको छ । त्यस्तै विभिन्न तहका कार्यसमितिमा पनि नवयुवा पुस्तालाई कोटा निर्धारण गरेर समावेशी बनाउँदै छ । कांग्रेसको यो मार्गचित्र अरु पार्टीका लागि पनि मार्गदर्शक बन्नेछ ।

युवाहरुको रुचि, चासो पनि उत्तिकै देखिएको छ । यसले राज्यको मूलधारमा युवा पुस्ता समेटिने निश्चित छ । यो अभ्यास अरु पार्टीका लागि पनि अनुशरणीय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्