| बुधबार, अशोज ६, २०८३

गोनपा कांग्रेस सभापतिमा थापा सर्वसम्मत हुँदै, पालुङटारमा दुईजनाको दाबी

नेपाली कांग्रेसको आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा देशभरका पालिकाहरुको अधिवेशन हुँदैछ । बुधबार ७५३ वटै पालिका कार्य समितिको अधिवेशन हुन लागेको हो । गोरखाको पनि ११ वटै पालिका कार्य समितिको अधिवेशन हुँदैछ ।

गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको अधिवेशनको पनि सबै तयारी पूरा भइसकेको छ । पालिका कार्यसमितिको अधिवेशनको पूर्वसन्ध्यामा वडा अधिवेशन भइसकेको छ । प्रतिनिधिहरु चयन भइसकेका छन् ।

गोरखा नगरपालिकाको नेपाली कांग्रेसको नगर कार्यसमिति हाँक्न दुई जनाले नेतृत्वको पद दावी गरेकामा दिलबहादुर थापा सर्वसम्मत हुने स्रोतले जनाएको छ । प्रतिस्पर्धी दीपेन्द्र श्रेष्ठ उपसभापति रहने गरि सहमति बनेको बताएको छ ।

त्यस्तै पालुङटार नगरपालिका कार्य समितिको सभापति पदका लागि पनि दुई जनाकै दावी रहेको छ । यसअघिको नगरसभापतिका प्रतिस्पर्धी अमर धिताल र हालका कार्य समितिका उपसभापति मानबहादुर आलेले सभापति पद दावी गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्