| शुक्रबार, अशोज १, २०८३

उत्कृष्ट स्वास्थ्य संस्था तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जिल्लाभरका उत्कृष्ट स्वास्थ्य संस्था तथा सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरेको छ । बिहिबार सम्पन्न वार्षिक समीक्षा गोष्ठीको अवसर पारेर कार्यालयले ११ वटै पालिका र ९४ वटा वडाका स्वास्थ्य संस्थामध्य उत्कृष्टत्तम तीन संस्था तथा सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरेको हो ।

कार्यालयले सर्वोत्कृष्ट कर्मचारीका रुपमा जनस्वास्थ्य अधिकृत नवराज खड्कालाई सम्मान गरेको छ । कार्यालयले निर्धारण गरेका विभिन्न सूचकहरुका आधारमा खड्कालाई वर्ष उत्कृष्ट कर्मचारी सम्मान २०८३ बाट सम्मान गरिएको हो । कार्यालय प्रमुख सिमृन काफ्लेले खड्कालाई खादासहित सम्मान पत्र प्रदान गरेकी हुन् ।

त्यस्तै स्थानीय तहका स्वास्थ्य शाखाहरुमध्य सबैभन्दा उत्कृष्टका रुपमा गोरखा नगरपालिकाका स्वास्थ्य शाखा सम्मानित भएको छ । दोस्रोमा अजिरकोट गाउँपालिकाको स्वास्थ्य शाखा र तेस्रोमा चुमनुब्री गाउँपालिकाको स्वास्थ्य शाखा सम्मानित भएको छ ।
त्यस्तै ९४ वटै वडाका स्वास्थ्य चौकीहरुमध्य सवैभन्दा उत्कृष्टका रुपमा बारपाक सुलिकोट गाउँपालिका १ स्थित बारपाक स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ ।

त्यस्तै दोस्रोमा अजिरकोट ३ स्थित भच्चेक आधारभूत अस्पताल र तेस्रोमा सिरानचोक ६ स्थित गाँखु स्वास्थ्य चौकी सम्मानित भएको छ । सम्मानित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाले प्रसंसापत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्