
गोरखा यातायात व्यवसायी सहकारीको अध्यक्षमा पुन बानियाँ
गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा पुन गणेश बानियाँ चयन भएका छन् । सहकारीको बुधबार सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले बानियाँको अध्यक्षतामा सर्वसम्मत ११ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा ज्ञानकाजी श्रेष्ठ, सचिवमा रविद्र खत्री र कोषाध्यक्षमा उज्जवल मल्लालाई चयन गरेका हुन् । संस्थाको सदस्यहरुमा सञ्जिता नराल, कृष्ण पन्त, रितु सुनार, शंख ढकाल र प्रमिला केसी चयन भएका छन् ।
अध्यक्ष बानियाँको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष नारायण खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रालीका संस्थापक अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, कम्पनीका अध्यक्ष दिपक बोहोरालगायतको उपस्थिती रहेको थियो ।
साथै संस्थाले बाढीका पीडितहरुका लागि एक लाख एक हजार १११ रुपौँया रहात स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको जनाएको छ ।




