| बुधबार, भदौ २३, २०८३

सेण्टजोसेफ स्कूलद्वारा बाढी पीडितका लागि तीनलाख १७ हजार राहत प्रदान

भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि गोरखाको सेन्ट जोसेफ स्कुलले ३ लाख १७ हजार ६ सय ३१ रुपियाँ राहत सहयोग गरेको छ ।

भदौ १० गतेको विनाशकारी भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि संकलित सो राहत रकम भदौ ११ गते नै जम्मा गरिसकेको विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सो स्कुलका प्रिन्सिपल सुनिल इक्काले जानकारी दिए ।

सो रकम विद्यालय प्रशासनबाट १ लाख, शिक्षक, कर्मचारी बाट १ लाख ५५ हजार ८ सय ९१, शिक्षकहरुको जन्मदिनको चन्दा संकलनबाट ३३ हजार ४ सय २५, चन्दा बाकसबाट १० हजार एक सय ४५ र कक्षागत खुत्रुकेबाट १८ हजार एकसय ७० रुपियाँ गरी ३ लाख १७ हजार ६ सय ३१ रुपियाँ सहयोग प्रदान गरेको प्रिन्सिपल इक्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्