| आइतवार, भदौ २०, २०८३

मनास्लु र लार्केपास पदयात्रा नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गको यात्रा नगर्न आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो । 

आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा बाढी आएको थियो । बाढीले चुमनुव्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएको प्रशासनले जनाएको छ ।

“मिति २०८३ भदौ २१ गते बिहान करिब ३ः३० बजे चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा बाढी आई चुमनुव्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

कुनै पनि विपदजन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको छ । 

यस्तो छ सूचना-

प्रतिक्रिया दिनुहोस्