| शनिबार, भदौ १९, २०८३

मनास्लु बेस क्याम्पमा एक शेर्पा मृत फेला

मनास्लु बेसक्याम्पको टेण्टभित्र आरोहीका एक सहयोगी मृत फेला परेका छन् ।
संखुवसभाको मकालु गाउँपालिका २ निवासी २० बर्षका टासी शेर्पा टेण्टभित्रै मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ । पयोनियर एड्भेञ्चर कम्पनीबाट आरोहीका किचन सहयोगीका रुपमा गएका शेर्पाको राती मृत्यु भएको र शव बेसक्याम्पमै रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसक्दा शव ल्याउन नसकिएको डिएसपी श्रेष्ठको भनाइ छ ।
टेण्टभित्र खाना पकाउने ग्यास खुल्लै रहेकाले सोही कारण मृत्यू भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनाको थप कारणबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्