| शुक्रबार, भदौ १८, २०८३

बाढी पीडितलाई मोर्डन बोर्डिङद्वारा २ लाख ७५ हजार राहत

गत भदौ १० गतेको भोटेकोशी–त्रिशुलीको बाढीका पीडितहरुका लागि गोरखाको मोर्डन बोर्डिङ स्कूल र गोरखा बोर्डिङ स्कूलले दुईलाख ७५ हजार ८१५ रुपैयाँ राहत दिएको छ ।

बिहिबार मोर्डन बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल सिताराम तिवारी र गोरखा बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल बाबुराम तिवारीले सो रकम प्याव्सन रिलिफ फण्डमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेका हुन् ।

दुवै बोर्डिङ स्कूलका विद्यार्थी तथा अभिभावकबाट एकलाख ४० हजार आठसय रुपैयाँ, शिक्षकहरुबाट ७४ हजार र प्रशासनबाट ६० हजार रुपैयाँ संकलन गरी पठाएको तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्