
गण्डकी सरकारमा गोरखाका न्यौपाने भौतिक, देवकोटा खानेपानी मन्त्री
गण्डकी प्रदेश सरकारमा गोरखाका अर्का एक मन्त्री थपिएका छन् । बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डल पुनर्गठन गर्ने क्रममा गोरखा २ क बाट निर्वाचित नेसपाका सांसद फणिन्द्रराज देवकोटालाई पनि थप गरेका छन् ।
देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि सोही मन्त्रालय सम्हालेका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् । देवकोटा यसअघि पनि सोही मन्त्रालयको नेतृत्वमा थिए ।
गतबर्ष जेनजी विद्रोहपछि उनले पदबाट राजिनामा दिएका थिए । अहिले नेकपा एमालेले आफ्ना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएपछि चार मन्त्रालय रिक्त रहेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।




